आइपीएलमा नयाँ रेकर्ड, एउटै प्रयोगितामा ८० अर्बको बीमा



क्रिकेट प्रेमीका लागि यो इन्डियन प्रिमियर लिग अर्थात् आइपीएलको सिजन हो । १० टीमका २०४ खेलाडीले ७४ वटा खेल खेलिने यस खेल हेर्ने दर्शक करोडौंमा छन् भने यसको व्यवसाय खर्बौमा छ ।

जति धेरै खेल त्यति धेरै पैसा । र, त्यति धेरै आम्दानी ।

गत वर्षको तुलनामा यस वर्ष २ वटा टीम थपिएका छन् । टीम थपिएसँगै खेलाडी पनि थिए । र, थपियो बीमाको व्यवसाय ।
खेल प्रतियोगितामा आइपीएल भारतको इतिहासमा सबैभन्दा ठूलो बीमा गरिएको खेल बनेको छ ।

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले कभरेज सीमा २५ प्रतिशतले बढाएपछि गत वर्ष ४० अर्ब रुपैयाँको बीमा गरिएकोमा यसपटक ५० अर्ब रुपैयाँ बराबरको बीमा गरिएको छ ।

आइपीएलको इन्स्योरेन्स पोलिसीमा बीसीसीआई, टीम, ब्रोडकास्टर, स्पोन्सर, मौसम, आन्दोलन, खेलाडीको शुल्क र स्वास्थ्यबीमाका साथै कैयन क्षेत्र समावेश गरिएको छ ।

‘गत वर्षको तुलनामा आइपीएलको आकार ठूलो भएको छ, जसले जोखिम पनि बढाएको छ । यसपटक खेलहरु मुम्बई र पुणेमा मात्रै खेलाइने छ,’ अलाइन्स इन्स्योरेन्स ब्रोकरका सहसंस्थापक अतुर थक्करले भने ।

न्यू इन्डिया असुरेन्स, नेशनल इन्स्योरेन्स, युनाइटेड इन्डिया इन्स्योरेन्स, आइसीआइसीआई लोमबार्ड, एसबीआई जनवर, मनिपाल सिग्नालगायतका कम्पनीले आइपीएलका लागि अधिकांश बीमालेख जारी गरेका छन् ।

सन् २०२२ मा टेनिस ग्राण्ड स्ल्याम विम्बल्नले कोरोना महामारीका कारण प्रतियोगिता रद्द भएपछि १४२ मिलियन डलर बीमावापत प्राप्त गरेको थियो ।


क्लिकमान्डु