नेपाल पुनर्बीमा कम्पनीको नाफा ३८%ले घटेर २४ करोडमा सीमित



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको नाफा ३८.८३ प्रतिशतले घटेको छ ।

कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले २४ करोड १८ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले यस अवधिमा निर्जीवन बीमा व्यवसाय १६ करोड ४९ लाख ३१ हजार रूपैयाँ र जीवन बीमा व्यवसाय ७ करोड ५० लाख ८७ हजार रूपैयाँ गरी सो बराबरको खुद नाफा आर्जन गरेको हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ३३ करोड ७८ लाख ६४ हजार रूपैयाँ र जीवन बीमा व्यवसायबाट ५ करोड ४५ लाख रूपैयाँ गरी ३९ करोड २३ लाख ६४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ४९ करोड ८४ लाख ८९ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब १२ करोड ६९ लाख २४ हजार रुपैयाँ र जीवन बीमा व्यवसायबाट ३७ करोड १५ लाख ६५ हजार रूपैयाँ गरी सो बराबरको बीमाशुल्क संकलन गरेको हो । जुन गत आवको यसै अवधिको तुलनामा ७.०२ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले जीवन तथा निर्जीवन बीमा व्यवसायबाट २ अर्ब ३३ करोड ४५ लाख २१ हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

गत आवको यसै अवधिमा कम्पनीले जीवन बीमा व्यवसायबाट २ अर्ब २३ करोड ४९ लाख ५ हजार रूपैयाँ र निर्जीवन बीमा व्यवसायबाट ९ करोड ९६ लाख १६ हजार रूपैयाँ गरी सो रकम संकलन गरेको थियो ।

यस अवधिमा कम्पनीले ९२ करोड ३९ लाख ८१ हजार रूपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यस अवधिमा कम्पनीले निर्जीवन बीमातर्फ ६५ करोड ३५ लाख ५६ हजार रूपैयाँ र जीवन बीमातर्फ २७ करोड ४ लाख २५ हजार रूपैयाँ भुक्तानी गरेको छ ।

असोज मसान्तसम्ममा कम्पनीले पुनर्बीमा कमिशन बापत १ करोड ३४ लाख ६४ हजार रूपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट १० करोड ६६ लाख रूपैयाँ आम्दानी गरेको छ ।

बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ । कम्पनीको जगेडा कोषमा ५ अर्ब ४४ करोड ३९ लाख ३० हजार रूपैयाँ र बीमा कोषमा २ अर्ब ५४ करोड ७९ लाख ६ हजार रूपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ९ रुपैयाँ ६० पैसा, प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ९२ पैसा छ ।


क्लिकमान्डु