मर्जरको विशेष प्रस्तावसहित यूनियन लाइफले बोलायो साधारणसभा



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले मर्जरको विशेष प्रस्तावसहित साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्सले आगामी वैशाख २३ गते चौथो वार्षिक साधारणसभा बोलाएको हो ।

सभा टाइगर प्यालेस रिसोर्ट, भैरहवा, रूपन्देहीमा बिहान १०ः३० बजेपछि शुरू हुने कम्पनीले जानकारी दिएको छ ।

इन्स्योरेन्सको सामूहिक लगानी कोष सञ्चालन गर्ने र त्यसको स्थापनार्थ प्रबन्धपत्रमा उद्देश्य थप गर्ने, अन्य कुनै जीवन बीमा कम्पनीसँग गाभ्ने र गाभिने वा अन्य कुनै कम्पनी प्राप्ति गर्न आवश्यक भएको अवस्थामा त्यस सम्बन्धी आवश्यक कार्य गर्न सभाले सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदल, संशोधन एंव परिमार्जन गर्नका लागि सुझाव दिएमा सोही अनुरुप आवश्यक फेरवदल, संशोधन एंव परिमार्जन गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने छ ।

सामान्य प्रस्तावतर्फ साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ ।

लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६÷७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह सम्बन्धी तयार गरिएको वित्तीय विवरणमाथि छलफल गरी पारित जनाइएको छ । यस्तै, सभाले आर्थिक वर्ष २०७७÷७८ को लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक समेत निर्धारण गर्ने छ ।

वार्षिक साधारणसभा तथा लाभा‌ंश प्रयोजनका लागि इन्स्योरेन्सले वैशाख १३ गते एक दिनका लागि सेयर दाखिला खारेज बन्द रहने जनाएको छ ।

जसअनुसार वैशाख १२ गतेसम्म कायम सेयर‍धनीहरु मात्र इन्स्योरेन्सले प्रस्ताव गरेको प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।


क्लिकमान्डु