सानिमा लाइफ इन्स्योरेन्सले ४.४२ % लाभांश दिने



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले आव २०७६/०७७ को मुनाफाबाट ४.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमा ४.२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीको लाभांश बीमा समितिले स्वीकृति दिएर आगामी साभारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु