मोबाइल आयातको एलसी रोक्ने बैकर्स संघको निर्णय



काठमाडौं । वाणिज्य बैंकले अबदेखि मोबाइल आयातको एलसी नखोल्ने निर्णय गरेका छन् । बैकर्स संघको कार्यसमितिको बैठकले तत्कालको लागि केही समय मोबाइल फोनको एलसी नखोल्ने निर्णय गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गर्दा मोबाइलमा नगद मार्जिनको व्यवस्था गरेको थिएन । बैकर्स संघको आइतबारको बैठकले मोबाइल फोनको एलसी नखोल्ने निर्णय गरेको संघका कार्यसमितिका एक सदस्यले बताए ।

‘मोबाइल फोनको आयात बढी भएको हुँदा गाडी सहितका वस्तुमा मोबाइल समेत राखेर एलसी नखोल्ने निर्णय भएको छ,’संघका सदस्यले भने । भन्सार विभागको तथ्यांक अनुसार फागुन मसान्तसम्म ३० अर्ब ९९ करोड रुपैयाँको मोबाइल फोन आयात भएको छ ।

बैकर्स संघले मोबाइल फोनको आयात रोक्ने निर्णयले बजारमा भने अभाव हुने छैन । ९ महिनामा मोबाइल फोनको आयात भएकाले समस्या नरहेको मोबाइल बितरक संघका अध्यक्ष दिनेश चुलाद्योको भनाइ छ ।


क्लिकमान्डु