निर्जीवन बीमामा मोटर बीमा व्यवसायको हिस्सा ३१ प्रतिशत



काठमाडौं । निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा उच्च देखिएको छ । बीमा समितिले उपलब्ध गराएको चालु आवको फागुन महिनाको मासिक तथ्यांकले निर्जीवन बीमा कम्पनीमा मोटर बीमाको व्यवसाय धेरै देखिएको हो ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार निर्जीवन बीमा व्यवसायमा मोटर बीमाले ३१.६५ प्रतिशत हिस्सा ओगटेको छ ।लघु बीमाले सबैभन्दा कम ०.१५ प्रतिशत हिस्सा ओगटेको तथ्यांकमा उल्लेख छ ।

सवारी दुर्घटनाबाट हुने नोक्सानीका कारण कुनै अर्को पक्षलाई आर्थिक समस्या नपुगोस् भनेर सरकारले मोटर बीमालाई अनिवार्य लागू गरेको छ ।सरकारको निर्देशनअनुसार प्रत्येक सवारीधनीले वर्षेनि आफ्नो सवारीसाधनको बीमा गर्नुपर्ने भएकाले यसको अंश अन्य बीमाको तुलनामा बढी भएको हो ।

सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको फागुन महिनामा ३ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।कम्पनीहरुले पुस महिनामा दुई लाख ३८ हजार ५०१ वटा बीमालेख जारी सो बराबरको व्यवसाय गरेका हुन् ।कम्पनीहरूले मोटर बीमाबाट एक अर्ब ९ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

मोटर बीमा पछि निर्जीवन बीमा कम्पनीहरूले सम्पती बीमाबाट ७० करोड ७६ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । यो निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरेको कुल बीमाशुल्कको २०.३६ प्रतिशत हुन आउछ ।यस्तै, निर्जीवन बीमा कम्पनीले आर्जन गरेको कुल बीमाशुल्कमा हवाई बीमाको १७.१० प्रतिशत, इन्जिनियरिङ बीमाको १०.०९ प्रतिशत, विविध बीमाको ७.७० प्रतिशत, कृषि तथा पशुपन्क्षी बीमाको ६.६४ प्रतिशत र सामुद्रिक बीमाको ६.३२ प्रतिशत योगदान रहेको छ ।

लघुबीमाको भने सबैभन्दा कम ०.१५ प्रतिशत मात्रै योगदान रहेको छ । लघुबीमा वापत निर्जीवन बीमा कम्पनीहरूले फागुन महिनामा ५१ लाख ६१ हजार रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेको छन् ।

हवाई बीमाबाट कम्पनीहरूले चालु आवको फागुन महिनमा ५९ करोड ४२ लाख रुपैयाँ, इन्जिनियरिङ बीमाबाट ३५ करोड ५ लाख रुपैयाँ, विविध बीमाबाट २६ करोड ७५ लाख रुपैयाँ, कृषि तथा बाली बीमाबाट २३ करोड ८ लाख रुपैयाँ र सामुन्दि«क बीमाबाट २१ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । 

निर्जीवन बीमा कम्पनीहरूले सम्पत्ति बीमा, सामुन्द्रिक बीमा, हवाई बीमा, अग्नि बीमा, मोटर बीमा, इन्ञ्जिनियरिङ तथा ठेकेदार सम्पूर्ण जोखिम बीमा, विविध बीमा, कृषि तथा बाली बीमा र लघु बीमा व्यवसाय गर्दै आएका छन् ।


क्लिकमान्डु