अब सिमकार्ड, रिमकार्ड बिक्री वितरणमा कडाइ



काठमाडौं । सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा सरकारले कडाइ गर्ने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।

प्राधिकरणले जारी गरेको निर्देशनमा मोबाइल सेवा प्रदायकका सिमकार्ड-रिमकार्ड बिक्री वितरण गर्दा ग्राहकले भर्नुपर्ने फारम (केवाइसी) रीतपूर्वक नभरी र नियमानुसार कागजात रुजु नगरी सेवा प्रदायकबाट सिमकार्ड-रिमकार्ड बिक्री वितरण भइरहेको भन्ने बुझिन आएको छ ।

मोबाइल सेवा प्रदायकले प्राधिकरणले दिएको निर्देशन र नियमानुसार ग्राहकलाई रीतपूर्वक फारम भर्न लगाइ र विवरण रुजु गरेर मात्र सिमकार्ड-रिमकार्ड बिक्री वितरण गर्नुहुन अनुरोध छ’ भनिएको छ । ग्राहकलाई आफ्नो वास्तविक विवरणको आधारमा मात्रै सिम तथा रिमकार्ड लिन भनेको छ ।


क्लिकमान्डु