गाडी आयात रोक्नेबारे नाडाको छलफल, लिखित पत्र आएमात्रै आवश्यक निर्णय गर्ने



काठमाडौं । राष्ट्र बैंकले गाडी आयात रोक्ने विषयमा अटो मोबाइल एशोसिएशन (नाडा)ले छलफल गरेको छ । विदेशी सञ्चिती घट्दै गएको भन्दै राष्ट्र बैंकले गाडी आयात रोक्ने विषयमा छलफल भएसँगै नाडाले पनि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेको नाडाका अध्यक्ष धु्रव थापाले बताए ।

उनका अनुसार राष्ट्र बैंकले हरेक समय बिलासिताको वस्तु भन्दै गाडीलाई लक्षित गरेर आयातमा कडाइ गर्दै आएको छ । साथै, हालै राष्ट्र बैंकले गाडी आयातमा रोक्ने जनाएको छ । यसले गर्दा आयात रोक्नेबारे विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको उनले जानकारीदिए ।

तर, गाडी आयात रोक्ने विषयमा आधिकारिक लिखित पत्र नआएको र बैंकहरू पनि कस्तो वस्तु आयात गर्न नपाउने हो भन्ने अन्यौलता भएकाले अहिले नै केही निर्णय गर्न नसकेको उनको भनाइ छ ।

‘अहिले लिखित रुपमा पत्र आएको छैन । बैंकहरूमा पनि अन्यौल रहेछ,’ उनले क्लिकमाण्डूसँग भने, ‘सबै बन्द गर्न खोजेको हो वा मार्जिन लागू गरिएको गाडी आयात गर्न नहुने हो । त्यसबारे स्पष्ट भएन ।’

राष्ट्र बैंकले गाडीको आयात नै रोक्ने हो भने गाडीको मूल्य अत्यधिक बढ्ने र अर्थतन्त्रमा पनि असर पार्ने बताए । साथै, प्रत्यक्ष ३५ हजार बढी र अप्रत्यक्ष १ लाख बढीलाई रोजगारी दिएका छौं । उक्त कामदारहरूमा भविष्यमा पनि प्रभाव पर्ने उनको भनाइ छ ।


क्लिकमान्डु