भायानेटले ल्यायो नयाँ रिफरल योजना, के के पाइन्छ सित्तैमा ?



काठमाडौं । भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी भई ग्राहकले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन् ।

यो योजना अन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट फ्री पाउने छन् । साथै ९० दिनभित्र कुनै पनि भायानेटको ग्राहकले तीन जना नयाँ ग्राहकलाई भायानेटको अल्ट्रा-फाई प्याक सफलतापूर्वक रिफर गरेमा एक महिनाको दरले तीन महिनाको इन्टरनेटसँगै एम आइको डुअल ब्याण्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन् ।

ग्राहकले रिफरल इनामको लागि योग्य हुन उसले रिफर गरेको व्यक्तिले ६ महिना वा सोभन्दा माथिको प्याकेज खरिद गरेको हुनुपर्छ ।

भायानेटका ग्राहकले आफ्नो रिफरल बापतको उपहार नयाँ ग्राहकले इन्टरनेट जोडेर पहिलो पेमेन्ट गरेपछि पाउने छन् । ग्राहकले भायानेटको मोबाइल एप वा कस्टमर पोर्टलमा लग–इन गरी आफ्नो फ्री इन्टरनेट दाबी गर्न सक्नेछन् । भायानेटले प्रत्येक हप्ता एम आइको डुअल ब्याण्ड राउटर पाउन सफल रिफररहरूलाई आफ्नो इनाम सङ्कलन गर्न सम्पर्क गर्नेछ ।

भायानेटले नेपालका सबै जसो मुख्य सहरहरूमा विभिन्न प्याकेजहरू मार्फत गुणस्तरीय इन्टरनेट र टिभी सेवा प्रदान गर्दै आएको छ। भायानेटले अल्ट्रा-फाई लाइन अप अन्तर्गत सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट दिँदै आएको छ । विशेषगरी धेरै क्षमताको इन्टरनेट चाहिने ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यो सेवामा १७५ एमबीपीएसको इन्टरनेट सँगै २ ओटा भायाटिभीहरू पनि उपलब्ध छन् । यसको मूल्यमात्र १२५० प्रतिमहिना रहेको छ ।

भायानेटले यस नयाँ रिफरल योजनामार्फत् आफ्नो ग्राहक वर्गमा थप उत्साह भर्ने आशा लिएको छ । यो अफर सीमित अवधिको लागि मात्र रहने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु