टाटा मोटर्सद्वारा नेपालमा एएमसी प्याकेज केयर प्लस



काठमाडौं । टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङ प्रालिसँग संयुक्तरूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज ‘टाटा मोटर्स केयर प्लस’ ल्याएको छ।

टाटा मोटर्स र सिप्रदीले सँधै आफ्नो उत्पादन बिक्रीपछि उत्कृष्ट सेवाहरूको साथमा ग्राहकहरुलाई नयाँ अनुभवलाई प्राथमिकता दिनेगरेको छ ।

केयर प्लस एक यस्तो मर्मत योजना हो जसले सवारी चलाउँदा बचत र सुरक्षाको ग्यारेन्टी दिन्छ। टाटा मोटर्सले हाल नेपाली बजारमा नौ विभिन्न मोडलहरू बिक्री गरिरहेको छ । यद्यपि, केयर प्लस हाल टाटा नेक्सन पेट्रोलमा मात्र उपलब्ध छ र निकट भविष्यमा अन्य मोडलहरूमा पनि यसको सेवा विस्तार गर्ने योजनामा छ ।

ग्राहकहरूले अब आफ्ना सवारी साधनहरूको सहज र समस्यामुक्त संचालन सुनिश्चित गर्न सक्नेछन्। यसका साथै केयर प्लस मा सवारी मर्मत, व्हिल अलाइनमेन्ट र सवारीसाधनको धुलाईसहित निर्धारित सेवाहरू समावेश गरिएको छ । जसअनुसार ग्राहकले गाडी बिक्री भएको मितिदेखि ३६५ दिनभित्र वा १५,५०० किलोमिटर गुड्नु अगाडि केयर प्लस खरिद गर्न सक्नेछन्।

केयर प्लस प्याकेज सिप्रदीका सबै २४ सेवा केन्द्रहरूमा उपलब्ध हुनेछ।


क्लिकमान्डु