उपत्यकाका पेट्रोल पम्पमा ताँती (फोटोफिचर)



काठमाडौं । शुक्रबारदेखि राजधानी लगायत विभिन्न स्थानमा पेट्रोलियम पदार्थको हाहाकार छ । कैयन पेट्रोल पम्पहरु बन्द छन् । उपत्यकामा नेपाली सेना र प्रहरीले सञ्चालन गरेका पेट्रोलपम्पमा पेट्रोल हाल्नेहरुको लामो लाइन छ ।

आइतबार विहानैदेखि पेट्रोल हाल्नेहरुको लाइन देखिएको छ । ढुवानी व्यवसायी तथा चालक संघको आन्दोलनका कारण उक्त समस्या सिर्जना भएको थियो ।

शनिबार ढुवानी व्यवसायीसँग ४ बुँदे सहमति भइ समस्या समाधान भए पनि आइतबार विहानैदेखि चालक दलले आन्दोलन गरिरहेका थिए । यद्यपि चालकहरुसँग पनि ४ बुँदे सहमति भइसकेको छ ।


क्लिकमान्डु