सार्वजनिक यातायातको भाडा १५% सम्म बढ्यो, कुन रुटमा कति ?



काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाएको छ । केही दिनअघि यातायात व्यवसायीहरुसँग भएको सम्झौता अनुसार विभागले आजदेखि लागू हुने गरी नयाँ भाडा कायम गरेको हो ।

विभागले १० देखि १५ प्रतिशतसम्म भाडा वृद्धि गरेको छ । विभागका अनुसार यात्रुबाहक सवारीको भाडा १० प्रतिशतले बढेको छ । साथै, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी भाडा १३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५ प्रतिशतले बढाएको छ ।

गत चैत १७ गते मन्त्रिस्तरीय निर्णय अनुसार मन्त्रालयबाट सैद्दान्ति सहमतिका अनुसारमा भाडा बढाइएको विभागको भनाइ छ ।

पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्याएस गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था लागू गरिएको छ ।

कुन रुटमा कति भाडा ?


क्लिकमान्डु