जलवायुअनुकूलन र जैविक खेतीका लागि प्रोत्साहन गर्दै ‘नलेज पार्क’



काठमाडौं काभ्रेपलाञ्चोकका गाउँगाउँमा सञ्चालित ज्ञानोद्यान किसानको प्राविधिक सहयोगीको आधार बन्न सफल भएको छ । कृषि समूहका निश्चित क्षेत्रमा नमुनाका रूपमा सञ्चालित सो उद्यानकै कारण किसानलाई कृषि प्राविधिक खोज्ने झन्झट करिबकरिब हटेको छ ।

यसले किसानलाई रोग÷किरा कसरी व्यवस्थापन गर्ने, के औषधि राख्ने, प्राङ्गारिक बाली उत्पादन कसरी गर्ने र जलवायु परिवर्तन अनुकूलन खेती प्रणाली कसरी अपनाउने भनेर ज्ञान दिएको छ जसले बाली उत्पादन बढाएको र जैविक प्रविधिको प्रयोगले वातावरण संरक्षणमा सहयोग पु¥याएको छ ।

“नलेज पार्कमा १०÷१२ थरीका प्रविधि प्रयोगमार्फत कृषिसम्बन्धी ज्ञान लिइन्छ, अर्गानिक खेतीमा जान सहयोगी भएको छ, यो हाम्रा लागि भरपर्दो एक सिकाइ केन्द्रको हो”, नमोबुद्ध नगरपालिका –६, चरङ्गेका भरतप्रसाद न्यौपानेले भने ।

भकुन्डे कृषि उपज सङ्कलन केन्द्र र त्यसअन्तर्गत राधाकृष्ण कृषक समूह (दुवै संस्था) का अध्यक्ष न्यौपाने समूहमा मात्रै झण्डै २०० रोपनीमा तरकारी खेती हुँदै आएको सुनाउनुहुन्छ । त्यो तरकारी जैविक सरहकै उत्पादन हुने गर्छ ।

विगतमा काभ्रेपलाञ्चोकका तरकारीमा बढी विषादी भयो भनेर आरोप लागेको थियो । यस सिकाइले भने त्यसलाई हटाउन र बढ्दो विषादी रोक्न किसान सफल भएका छन् । किसानलाई जलवायु परिवर्तनअनुसार कसरी खेतीबाली लगाउने भन्ने सिकाइ पनि प्राप्त भएको छ ।

उद्यानमा मोहनी पासो, सोली पासो, च्यापच्यापे पासो र बत्ती पासो थापेर किराबाट तरकारी जोगाउन सकिन्छ । ट्रे र जालीमा बेर्ना उत्पादन, मलखाद, झोल मल र अमृत जल यही उद्यानमा उत्पादन हुन्छ । कसरी उत्पादन हुन्छ भन्ने कुरा किसान आफैँले अभ्यास गरेर थाहा पाउँछन् ।

बिरुवा स्वस्थ बनाउनका लागि अमृत जलको प्रयोग हुन्छ । तीस लिटर गाईको पिसाब, झन्डै दुई पाउ सखर, एक पाउ कोसेबालीको पिठो र ६० लिटर पानी मिसाएर घोलेपछि अमृत जल तयार हुन्छ । यसले बिरुवालाई स्वस्थ बनाएर प्रतिरोधात्मक क्षमता बढाउने न्यौपाने जानकारी दिनुहुन्छ । किरा व्यवस्थापन गर्न लाइट पासो, सोली पासो र मोहनी पासो प्रयोग गरिन्छ ।

त्यस्तै ‘नलेज पार्क’ नमोबुद्ध – २ कुँइकेल थुम्कामा इन्द्रबहादुर कुइँकेलको बारीमा पनि छ । उहाँले दुई रोपनी क्षेत्रमा उद्यान बनाउनुभएको छ । बढ्दो विषादीका कारण मानिसको स्वास्थ्य बिग्रिरहेका बेला स्वस्थ शरीरका लागि दैनिक खाने तरकारी स्वस्थकर हुनैपर्छ ।

“त्यसैले आफैँले उत्पादन गरेर आफैँले खानुपर्छ, बढी भएकामा अरूलाई पनि स्वस्थकर तरकारी खुवाउनुपर्छ भनेर अर्गानिक तरकारीमा जोड दिन थालेको छु”, कुँइकेल भन्छन् । ज्ञानोद्यानमार्फत अरूलाई पनि सिकाउँदै गएको जानकारी दिँदै उनले थपे, “यस्तो प्रविधिको विकास देशैभरी हुनुपर्छ ।”

उनले यस्तो तरकारीलाई सिन्धुका ब्राण्ड नै बनाउनुपर्नेमा जोड दिए। यहाँका किसानमा पछिल्ला समय जलवायु परिवर्तन अनुकूलन कृषि प्रणालीमा आकर्षण बढ्न थालेको छ । अहिले सुक्खा पखेरालाई हरियाली बनाउने तथा पाखोबारीमा परेको पानी जम्मा गरेर तरकारी खेती गरी हराभारा बनाएर मनग्य आम्दानीसमेत लिन थालिएको अर्का कृषक जमुना अधिकारी बताउछन् । उनका अनुसार कुन बेला के तरकारी लगाउने, कस्तो बेला कुन रोग र किरा लाग्छ, त्यसको उपचार के हुनेलगायत सन्देश मोबाइलमै पठाइने हुँदा किसानलाई थप सजिलो भएको छ ।

नगरपालिकाका प्रमुख टेकप्रसाद शर्मा तिमिल्सिना नगरलाई नै जैविक कृषि प्रणाली र वातावरणमैत्री प्रविधिका विकासमा जोड दिन थालिएको र त्यसमा यस्ता ‘नलेज पार्क’ले ठुलो सहयोग गरेको सुनाउछन् । उनले दक्षिण कोरियाको नगरपालिकासँग समन्वय गरेर कृषि अनुसन्धान केन्द्र विकास गर्न लागिएको पनि जानकारी दिए ।

यसरी किसानलाई सिकाउनका लागि सिप्रेड भन्ने संस्थाले प्राविधिक सहयोग गरेको वरिष्ठ कृषि प्राविधिक रामदेव साहले बताए ।

यसले किसानलाई नै सहभागी गराएर अभ्यास गराउने नयाँ तरिका अपनाउँदै आएको छ । अरूले भनेको कुरा भन्दा आफैँले गरेर अनुभव लिँदा चाँडै विश्वास गर्ने भएकाले व्यावहारिक रूपमा तरकारी फलाएरै अध्ययन अनुसन्धान र अभ्यास गरिने साहको भनाइ छ । उनका अनुसार अभ्यासमा एकीकृत कीट व्यवस्था उपकरण प्रयोग हुन्छ । विषादी नभई घरेलु जैविक विषादी र मलको अधिकतम उपयोग हुन्छ ।

नमोबुद्धका ३६ ठाउँ छनोट गरेर गरिएको अभ्यास सफल भएको छ । गाउँगाउँमा माटो, सिमेन्ट र बालुवा मिसाएर पानी पोखरी बनाइएको छ जुन पानी तरकारीमा सिंचाइका लागि प्रयोग हुन्छ । यसले पानी नभएको सुख्खा डाँडा हरियाली बनाएको छ । थोरै पानीले पनि धेरै उत्पादन गर्न सकिने कुरा किसानले आफैँ अभ्यास गरेपछि थाहा पाएका छन् । यसको अरूले समेत सिको गर्न थालेका छन् ।

‘नलेज पार्क’ मा वातावरणमैत्री प्रविधिको प्रयोग गरिने र त्यसबाट जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरण र अनुकूलन गर्न सहयोग गर्ने हुँदा बाली उत्पादन बढाई खाद्य सुरक्षामा सुधार गर्न सहयोग पुग्ने यहाँका किसानलाई प्राविधिक सहयोग गर्दै आएको वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र ० का कार्यकारी निर्देशक केशवदत्त जोशी बताउछन् । उनका अनुसार जलवायु अनुकूलन प्रविधि भनेको समयसापेक्ष र व्यावहारिक क्रियाकलापबाट सिद्ध भएका प्रविधि हुन् । यी प्रविधि वतावरणमैत्री, सामाजिक रुपमा दिगो, कृषककै अनुभव र क्षमतामा विकसित, परिमार्जित र प्रमाणित भएका हुन्छन् ।

यी प्रविधि सामान्य र आर्थिक हिसाबले पनि सहज उपलब्ध हुन्छन् । त्यस्ता प्रमाणित प्रविधि प्राकृतिक स्रोत– साधनमा आधारित, प्राकृतिक वस्तुको उपयोग र पुनः प्रयोगमा आधारित हुन्छन् । यी सबै वातावरणमैत्री प्रविधि ज्ञानोद्यानमा प्रदर्शन गरिएका हुन्छन् जहाँबाट अन्य कृषक तथा समुदायले यस्ता प्रविधि प्रयोग गर्ने तरिका सिकेर व्यापक रूपमा आफ्नो कृषि क्षेत्रमा प्रवद्र्धन गरी वातावरण अनुकूलन बनाउन सहयोग पुग्छ ।

गाउँमा यतिबेला काउली, बन्दा, केराउ, लसुन, प्याज, धनियाँलगायत २२ भन्दा बढी प्रकारका तरकारी लहलह भएको छ । “पहिले त्यही पाखामा गहुँ, कोदो, मकै लगाएर न्यून आम्दानी गरिन्थ्यो, अरू बेला सुक्खा हुने पाखा बाह्रै महिना हराभरा हुन थालेको छ, बजारको राम्रो व्यवस्थापन हुन सके युवा बिदेसिनु पर्दैन”, कुइंँकेल थुम्कास्थित नारायणस्थान महिला कृषक समूहका अध्यक्ष अधिकारी भन्छन् ।

जब जैविक मलको प्रयोग गरी प्राङ्गारिक उत्पादनतर्फ किसान लागे, तब गाउँभरि नै मौरी भुनभुनाउन थालेको छ । कृषकका बारीमा नै मौरीको गोलो नै आएर बसेको भेटियो । मौरी आउनु भनेको वातावरण स्वस्थकर भएको सूचक हो ।

यस्तो छ प्रविधि

ज्ञानोद्यानमा एउटै किसानले २२ थरीसम्म तरकारी लगाएर सिकाउँदै आएका छन् । किरा व्यवस्थापनका लागि विभिन्न प्रविधि प्रयोग गरिएको छ जसले गर्दा विषादी प्रयोगसमेत न्यूनीकरण हुनाका साथै जैविक विषादीमा जोड दिन थालिएको छ । आफैँले अभ्यास गरेर किसानले सिप सिक्न सक्ने उक्त उद्यान किसानको प्राविधिक सहयोगी नै बनेको छ ।

सोली पासो­ तल बन्द भाँडो राखिएको हुन्छ । त्यसभित्र पोथीको बास्ना आउने गरी ‘स्पोडो ल्यूर’ रसायन राखिएको हुन्छ । काउलीको पात खाने शत्रुजीव भाले पुतली नियन्त्रण तथा व्यवस्थापनका लागि यसको प्रयोग हुन्छ । त्यसको बास्नाले ‘मोहनी पासो’ मा आएर बस्छ, अनि सोली भित्र पसेर तल झर्छ, त्यसपछि बाहिर निस्किन पाउँदैन जसले गर्दा तरकारी जोगिन मद्दत गर्छ ।

च्यापच्यापे पासो– यो निलो रङमा आकर्षित हुने किराको नियन्त्रण तथा व्यवस्थापनका लागि प्रयोग गरिन्छ । त्यहाँ किरा आएर बस्छ र टाँसिन्छ, जसले तरकारी नष्ट गर्न पाउँदैन ।

बत्ती पासो– राति उड्ने किरा बत्तीमा आकर्षित हुने भएकाले यसको नियन्त्रण र व्यवस्थापनका लागि यो प्रयोग हुन्छ । राति १० बजेसम्म शत्रुजीव किराको चलखेल हुन्छ, तिनीहरु उज्यालो खोज्न आउँछन् । एउटा बाटामा पानी हुन्छ, छेउमा बत्ती बालिएको हुन्छ, त्यहाँ आएर किरा पस्छ । राति १० बजेपछि मित्रुजीव आउने हुँदा त्यस बेला भने निभाइन्छ जसले तरकारी खान आएको किरा त्यही पानीमा परेर नष्ट हुन्छ र बाली जोगिन्छ ।

ब्याकुल्यूर पासो – यो लहरेबालीमा लाग्ने औँसा किरा नियन्त्रण गर्नाका साथै मालाथियन नामक घातक विषादीको प्रयोग घटाउन सहयोग गर्छ ।

यस्ता दर्जनौँ प्रविधिको प्रयोग गरी एकातिर जलवायु अनुकूलन खेतीबाली लगाइएको छ भने अर्कातिर जैविक विषादीको भरपुर प्रयोग गरी रासानिक विषादी न्यूनीकरण गरिएको छ जसले तरकारी उत्पादन बढेको र स्वस्थकर भएको स्वयं किसानको अनुभव छ ।

यी सबै जलवायु अनुकूलन कृषि समाधान कार्यक्रम ९आरएनएस० को एउटा नमुना ज्ञान केन्द्र हो ।
पहिले र अहिले

पहिला त्यही ठाउँमा काउली रोपिन्थ्यो, भरपुर विषादी हालिएको हुन्थ्यो । काउली चाहिँ बजार लाने तर विषादी हालेको भएकाले “पात भने भैँसीलाई खान दिनुहुन्न” है भनेर परिवारका सदस्यलाई अथ्र्याइन्थ्यो ।

अहिले दैनिकी फेरिएर तरकारी टिप्नु १०÷१५ दिन अघिदेखि नै सकेसम्म घरेलु विषादी प्रयोग हुन्छ, नभए बाह्य विषादी करिबकरिब हाल्न छाडिएको छ । समूहले निगरानी गर्ने भएकाले किसानहरू कडा विषादीको प्रयोगमा निरुत्साहित छन् ।

“अब त तरकारी टिप्नेबित्तिकै ढुक्कसँग खान सकिन्छ, त्यसैले अहिले बजारमा पनि यहाँ उत्पादित तरकारीको खोजी हुन्छ”, भकुन्डे कृषि उपज सङ्कलन केन्द्रका अध्यक्ष भरतप्रसाद न्यौपाने आफ्नो अनुभव सुनाउछन् ।

उनका अनुसार सो कृषि सङ्कलन केन्द्रमा दैनिक सातदेखि आठ सय किलोसम्म तरकारी जम्मा हुन्छ । कहिलेकाहीँ दुई हजार किलो सङ्कलन गरेर पनि बजार पठाउने गरिएको छ । उहाँको आफ्नो निजी १५ रोपनीमा तरकारी खेती छ । “बाह्रै महिना तरकारी फलाउँछु, एउटा असारमा धान रोप्छौँ, नत्र तरकारी÷तरकारी हो”, उनले भने । उनले कम्तीमा वार्षिक रु ६ लाख कमाइ गर्दैै आएका छन् ।

सिकाइ केन्द्रले विषादीको न्यूनीकरण गर्न सिकाएको छ । त्यसैकारण उत्पादन वृद्धि भएको तथा बजारमा पनि माग बढिरहेको स्वयं किसान सुनाउँछन् । मुख्यतः यहाँ सिंचाइ समस्या छ । किसानहरूले परेको पानी जम्मा गर्ने तथा बढी भएको खानेपानी र हातगोडा, भाँडा माझेको पानी जम्मा गरेर तरकारी फलाउँदै आएका छन् ।

उनीहरू खोलाघारीतिरै पाइने बकाइनु, टिम्मुर, क्यात्तुके, धुर्सुल, तितेपातीबाट झोल मल बनाएर प्रयोग गर्छन् । झोल मल १,२ र ३ नामका बनाइन्छ । झोल मल ३ ले भने किरालाई खान नसक्ने भई चुप लागेर बस्ने अवस्थामा पु¥याउँछ, जसले बालीलाई हानि गर्न सक्दैन । झोल मल १ र २ भने मलकै रूपमा प्रयोग हुन्छ ।

सिप्रेडका वरिष्ठ कृषि प्राविधिक साह काभ्रेका नमोबुद्ध, धुलिखेल, बनेपा र पाँचखाल तथा डडेलधुरा, रसुवा र सुर्खेतका किसानलाई नलेज पार्कमार्फत जलवायु परिवर्तन अनुकूलन अभ्यास गराइएको बताउछन् ।

नमोबुद्धमा मात्रै ८०० किसान सहभागी छन् । जहाँ पानी छैन, कृषि उत्पादन असहज छ, त्यहाँ त्यस्तो कार्यक्रम गरेर डाँडापाखा हरियाली पारिएको छ । नगरपालिकाका सहयोगमा समेत त्यस्ता सिकाइ केन्द्र विस्तार गर्न थालिएको छ ।


क्लिकमान्डु