२ वर्षमा थपिए १ करोड फोरजी प्रयोगकर्ता, २१२% ले वृद्धि



काठमाडौं । कोरोना संक्रमणका पछिल्लो दुई वर्षमा मोबाइल इन्टरनेट चलाउने ग्राहकको संख्या उल्लेख्य रुपमा बढेको छ ।

नेपालमा कोरोना सक्रमण शुरु भएपछि २०७६ चैतदेखि २०७८ पुससम्म मोबाइल ब्रोडव्यान्ड इनटरनेट चलाउने १ करोड ९ लाख ५८ हजार ६ सय ५ थपिएका छन् ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको रिपार्टअनुसार लकडाउन शुरु भएको महिना २०७६ चैतदेखि २०७८ पुस महिनासम्ममा मोबाइल ब्रोडव्यान्ड इन्टरनेट चलाउनको संख्यामा ६६.३३ प्रतिशतले वृद्धि भएको हो ।

२०७६ चैतमा मुलुकमा ब्रोडव्यान्ड इन्टरनेट प्रयोगकर्ता १ करोड ६५ लाख १९ हजार ९ सय ८७ थिए । यो भनेको कुल ब्रोडव्यान्ड इन्टरनेट चलाउने ग्राहकमध्ये ५५.२९ प्रतिशत थियो । त्योबेला कुल ब्रोडव्यान्ड चलाउनेकोे संख्या ७३.३५ प्रतिशत थिए। ।

यो संख्या २०७८ पुसमा ब्रोडव्यान्ड इन्टरनेट चलाउने ग्राहकको संख्या २ करोड ७४ लाख ७८ हजार ५ सय ९२ पुगेका छन् । यो कुल ब्रोडव्यान्ड इन्टरनेट चलाउने ग्राहकमध्ये ९०.९० प्रतिशत हो । त्यो ब्रोडव्यान्ड इन्टरनेट चलाउने ग्राहकको संख्या १२२.५१ प्रतिशत हो ।

मोबाइल ब्रोडव्यान्ड इन्टरनेट भनेर थ्रिजी र फोरजी डेटालाई बुझिन्छ । मुलुकमा नेपाल टेलिकम र एनसेलले फोरजी र थ्रिजी सेवा सञ्चालन गरिरहेकाछन् भन् स्मार्ट टेलिकमले फोरजी सेवा सञ्चालन गरिरहेको छ ।

२०७६ चैतमा थ्रिजीका ग्राहक १ करोड १५ लाख ६२ हजार ७२ र फोरजीका ग्राहक ४८ लाख २१ हजार ३ सय ४२ थिए । यो संख्या २०७८ पुसमा आइपुग्दा थ्रिजी चलाउनको संख्या १ करोड २२ लाख ८३ हजार ७ सय ५० र फोरजी चलाउनको संख्या १ करोड ५० लाख ५८ हजार २ सय ६९ पुगेका छन् ।

दुई वर्षको अवधिमा थ्रिजीका ग्राहक विस्तारै फोरजीमा रुपान्तरण भइरहेको देखिन्छ । २१ महिनामा फोरजीका ग्राहक पनि उल्लेख्य रुपमा बढेका छन् ।

२०७६ चैतमा फोरजीका ग्राहक ४८ लाख २१ हजारर ३ सय ४२ थिए भने २०७८ पुसमा आइपुग्दा एक करोड ५० लाख ५८ हजार २ सय ६९ पुगेका छन् । यो भने भनेको पछिल्लो २१ महिनामा फोरजी चलाउने ग्राहक २ सय १२ प्रतिशतले वृद्धि भएका छन् ।

फोरजीका ग्राहकमध्ये सबैभन्दा धेरै नेपाल टेलिकमका छन् । प्राधिकरणको पछिल्लो रिपार्टअनुसार नेपाल टेलिकमका फोरजी ग्राहक ८७ लाख ७० हजार पुगेका छन् । त्यस्तै, निजी क्षेत्रका टेलिकम सेवा प्रदायक एनसेलका फोरजी ग्राहक ६१ लाख २३ हजार रहेका छन् ।

कोरोना संक्रमणको दुई वर्षमा फोरजी सेवा विस्तारमा नेपाल टेलिकम सफल देखिन्छ । ग्राहकको हिसाबले आफूभन्दा अघि रहेको एनसेललाई पछि पार्दै नेपाल टेलिकमले धेरै फोरजी ग्राहक बनाएको छ ।

२०७६ मा नेपाल टेलिकमका फोरजी ग्राहक ८ लाख ४३ हजार थिए । जुनबेला एनसेलका फोरजी ग्राहक ३७ लाख २८ हजार रहेका थिए । यस अवधिमा नेपाल टेलिकमले ७९ हजार २७ हजार फोरजीका ग्राहक थपेका छ भने एनसेलले २३ लाख ९४ हजार फोरजीका ग्राहक थपेको छ ।

नेपाल टेलिकमका फोरजी ग्राहक संख्या ९४० प्रतिशत र एनसेलका ६४ प्रतिशतले वृद्धि भएका छन् । अर्को टेलिकम कम्पनी स्मार्टसेलका फोरजी ग्राहक संख्या भने घटेका छन् । प्राधिकरणको रिपोर्टअनुसार २०७६ चैतमा २ लाख ४९ हजार रहेको फोरजीका ग्राहक २०७८ पुसमा १ लाख ६४ हजारमा झरेका छन् ।


क्लिकमान्डु