शाओमी १२ प्रो नेपाली बजारमा, मूल्य १ लाख बढी पर्ने



काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो को लन्च गरेको छ ।

प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफी र इन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ फोन बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित पाण्डाले फोनमा नयाँ–नयाँ प्रविधी र नयाँँ–नयाँँ फिचर भएको बताए । उपभोक्ताको लागि सँधै टप नच टेक्नोलोजी इनोभेसन, सुप्रिम पर्फर्मेन्स र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरु ल्याउन केन्द्रित रहेको उनले बताए ।

शाओमी १२ प्रो को ५० एमपी मेन वाइड एङलको सुपेरियर ट्रिपल क्यामरा रहेको छ । यसमा डिस्प्लेमेटले एप्लस रेटिङ गरेको एमोलेड डट डिस्प्ले छ । जसले टु कलर सपोर्ट गर्छ र भिडियो स्पष्टसँग हेर्न मिल्छ ।

८के सम्मको भिडियोहरु रेकर्ड गर्न सक्ने ५० एमपी वाइड एंगल मुख्य क्यामरा सहितको प्रो ग्रेड ट्रिपल क्यामेराले ५० एमपीको मुख्य वाइड एंगल क्यामराले यसलाई आकर्षक लुक दिनुको साथै तस्बिरहरु पनि अत्यन्त राम्रो रेजोलुसनको लिने कम्पनीको दाबी छ ।

यसमा भएको अल्ट्रा नाइट भिडियो फिचरले रातिको अध्याँरोमा पनि राम्रोसँग भिडियो रेकर्ड गर्न सक्छ । यसको साथै यसमा भएको वान क्लिक सिनेमा फिचरमा प्यारालल वल्र्ड, फ्रिज फ्रेम भिडियो, म्याजिक जुम मोड जस्ता थुप्रै विकल्पहरु छन् जसले उत्कृष्ट भिडियो एडिट गर्न सक्ने सामथ्र्य राख्छन् ।

यसमा भएको ४एनएमको प्रोसेसरले जीपीयू ग्राफिक रेन्डरिङ क्षमतालाई ३० प्रतिशतसम्म बढाउनुको साथै यो भन्दा पहिलाको फोनको तुलनामा यसमा २५ प्रतिशत बढी ब्याट्री टिक्छ । यसमा यूएफइए ३.१ स्टोरेज भएकोले एप लोडिङ र डेटा ट्रान्स्फरको स्पिड एकदमै चाँडो हुन्छ । यसमा ६४०० एमबीपीइएस र्याम ५ रहेको छ ।

यसको ४६०० एमएएचको ब्याट्रि बुस्ट् मोडमा जम्मा १८ मिनेटमै फुल चार्ज हुन्छ । त्यसैले प्रयोगकर्ताहरुलाई ब्याट्रि र चार्जिङको कुनै समस्या हुँदैन ।

यसमा ५० वाटको वायरलेस चार्जिङ र १० वाटको रिभर्स वायरलेस चार्जिङको सुविधा पनि छ । ६.७३ इन्चको स्लिक मिडल फ्रेम डिस्प्लेलाई सोफिस्टिकेटेड थ्री डी कर्भले झनै आकर्षक देखाएको छ ।

१२ जिबी र २५६ जिबिको स्टोरेजमा नीलो र बैजनी रङमा शाओमीको आधिकारिक स्टोरहरुमा उपलब्ध छ । यसको मुल्य १ लाख १४ हजार ९९९ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु