फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट आउँदै



काठमाडौं । फोटोन टुनल्याण्डको नयाँ भेरियन्ट नेपाली बजारमा आउने भएको छ ।

टुनल्याण्ड इ प्लस गाडी केहि समयमा नेपाली बजारमा आउने फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले जनाएको छ ।

कम्पनीका सेल्स हेड नबिन आचार्यका अनुसार पावर, लुक्स र पफर्मेन्सका आधारमा गाडी जब्बर रहेको छ । गाडीमा २ लिटर क्षमताको डिजेल इन्जिन रहेको छ । उक्त इन्जिनले १४८ हर्स पावर प्रदान गर्ने छ भने अधिकतम टर्क ३२० एनएम रहेको छ । ट्रान्समिसन ६ फरवार्ड १ रिजर्ब सिस्टम भएकाले माइलेज राम्रो रहने आचार्यको भनाइ छ ।


क्लिकमान्डु