काराेबार रकमसँगै सेयर बजारमा गिरावट, टिकेन लगानीकर्ताको खुसी



काठमाडौं । बीमा समितिको जीवन तथा निर्जीबन बीमा कम्पनीको चुक्ता पुँजी बढाउने नीतिले बीमा कम्पनीको सेयर मूल्यमा प्रभाव पार्ने चर्चा चर्चामै सिमित बनेको छ ।

बीमा समितिले जीवन बीमा कम्पनीको पुँजी २ अर्ब बाट ५ र निर्जीबन बीमाको १ अर्बबाट साढे २ अर्ब पुर्याउन निर्देशन दिएको छ । यो नीतिले बीमा कम्पनीको सेयर मूल्यमा उछाउ आउने भन्दै आइतबार केही कम्पनीको कारोबारमा सकारात्मक सर्किट पनि लागेको थियो । तर, सोमबारको कारोबार लगानीकर्ताको त्यो खुसी धेरै समय टिक्न सकेन ।

आइतबारको कारोबारमा बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको थियो । सोमबारको कारोबारमा जीवन बीमा समूहको उपसूचक ३४२.०६ निर्जीबन बीमा समूहको उपसूचक २५२.४९ अंकले घटेको छ ।

कारोबारमा बीमा समूहको ८.६३, विकास बैंक ७५.०९, वित्त ४९.०५, जलविद्युत २४.३०, उत्पादन तथा प्रशोधन ८४.८७ तथा अन्य समूहको उपसूचक ४३.३६ अंकले घटेको छ ।

यो दिन नेप्से सूचक २९.९८ अंकले घटेर २५४२.२८ बिन्दुमा रोकिएको छ । २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ कित्ता सेयर २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, इमर्जिङ नेपाल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थ,ङादी ग्रुप पावर, आरबीबी म्यूचुअल फण्ड–१ का लगानीकर्ताले कमाएका छन् । यस्त आइसीइफसी फाइनान्स, सानिमा लाइफ, ज्योती लाइफ, ग्रिन लाइफ हाईड्रोपावर, प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु