एनआईबिएल समृद्धि फण्ड-१ परिपक्व, लगानीकर्ताले कति पाए प्रतिफल ?



काठमाडौं । एनआईबिएल समृद्धि फण्ड-१ परिपक्व भएपछि इकाईधनीको लगानी फिार्ता गर्न थालेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रवद्र्धक रहेको तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआईबिएल समृद्धि फण्ड-१ पुस २२ मा परिपक्व भएको छ ।

‘एनआईबिएल समृद्धि फण्ड-१ ले आफ्नो इकाईधनीहरुले लगानी गरेको रकम चैत १३ गतेबाट फिर्ता गरेको छ । फिर्ता भुक्तानी रकम प्रचलित कानुन बमोजिम कर कट्टा गरी इकाईधनीहरुको हितग्राही खातामा रहेकोे बैंक खातामा नै जम्मा गर्ने कम्पनीले जनाएको छ ।

यो योजनाले १० रुपैयाँ अंकितदरका कुल १० करोड इकाईको सार्वजनिक निष्कासन गरेको थियो । योजनाको अन्तिम प्रति इकाई खुद सम्पत्ति मुल्य १२ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

सचांलन अवधि ७ वर्ष रहेको यस योजनाले औषत वार्षिक १७.९९ प्रतिशत प्रतिफल प्रदान गरेको छ । आर्थिक वर्ष २०७७-७८ मा यस योजनाका इकाईधनीहरुले सर्वाधिक ३५ प्रतिशत नगद लाभांश पाएका थिए ।

आर्थिक वर्ष २०७२-७३, २०७३-७४, २०७४-७५, २०७५-७६ र २०७६-७७ मा भने क्रमशः १५, १८, १२, ६.५ र १२ प्रतिशत नगद लाभांश लगानीकर्ताहरुले पाएका थिए ।

हालसम्म, यस क्यापिटलले ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फण्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको छ । साथै नयाँ बन्दमुखी योजना ‘नबिल ग्रोथ फण्ड’ नेपाल धितोपत्र बोर्डमा पेश भएर प्रारम्भिक चरणमा रहेको छ ।


क्लिकमान्डु