सेयर बजारमा भारी गिरावट, बीमा समितिको निर्देशनले केही लगानीकर्ता मालामाल बन्दै



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा गिरावट आउँदा पनि कारोबार रकम भने बढेको छ ।

गत साता बीमा समितिले बीमा कम्पनीको पुँजी बृद्धि गर्ने नीति लिएको थियो । त्यसको प्रभाव आइतबारको कारोबारमा देखिएको छ । यो दिन निर्जीबन बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण निकै बढेको छ । आइतबारको कारोबारमा निर्जीबन बीमा समूहको उपसूचकमा सुधार आएको छ भने बाँकी सबै समूहको उपसूचकमा निरासा छाएको छ ।

आइतबार बजार ४१.४३ अंकले घटेर परिसूचक २५७२.२३ बिन्दुमा रोकिएको छ । २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता सेयर ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१५ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक २१.०२, विकास बैंक १४५.६८, वित्त कम्पनी ६२.२५, जलविद्युत ७६.६०, जीवन बीमा ९८.६१, उतपादन तथा प्रशोधन समूह १४५.७९, माइक्रोफाइनान्स समूहको उपसूचक ३९.७१ अंकले घट्दा निर्जीबन बीमा समूहको उपसूचक १३३.३५ अंकले बढेको छ ।

कारोबारमा जीवन बिकास लघुवित्त वित्तीय संस्था, इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु