फोर्स गुर्खा नेपाली बजारमा



काठमाडौं । फोर्स मोटर्स नेपालले नँया गाडी ‘गुर्खा’ नेपाली बजारमा ल्याएको छ ।

लामो र चौडा बनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी रहेको छ । चारै जना यात्रुको लागि क्याप्टेन सिट लगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५ सय लिटरको बुट स्पेसको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

मर्सिडिज निर्मित यस गाडीमा २६ सय सिसि इन्जिन क्षमता रहेको छ । यो गाडी तीन अंकको गतिमा दौडिनेछ । ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्ने कम्पनीले जनाएको छ । यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पाङ्ग्रामा भएको लक पनि अन्य भन्दा विशेष प्रकारको रहेको छ ।

पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खाको वारेन्टी ३ लाख किमि वा ३ वर्षसम्म रहेको छ । ग्राहकहरुले चार पटकसम्म निः शुल्क सर्भिसिङ सेवा प्राप्त गर्नेछन । आयाम फोर्स मोटर्सको लागि नेपालको आधिकारिक विक्रेता हो ।


क्लिकमान्डु