सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा ३ कम्पनीमा सर्किट, बीमामा लगानीकर्ता आकर्षित



काठमाडौं । सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबार दोहोरो अंकको गिरावट आएको छ । यो साताको लागि अन्तिम दिनलाई बजारले निरास बनाएको छ ।

बजार मापन गर्ने सूचक १६.६९ अंकले घटेर परिसूचक २६१३.६७ बिन्दुमा रोकिएको छ । बजारमा दोहोरो अंकको गिरावट आएको भएपनि कारोबार रकमले भने साथ दिएको छ । २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३ कित्ता सेयर ३ अर्ब २४ करोड ८९ लाख ४३ ८२४ रुपैयाँको सेयर किनबेच भएको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा ३ कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, इमर्जिङ नेपाल, यूनाइटेड इदि मार्दी आरबी हाईड्रोपावर कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । अधिकांश समूहको उपसूचकमा गिरावट देखिएको छ ।

बैंकिङ समूहको उपसूचक १२.८९, विकास बैंक ८८.४९, वित्त ४३.३६, जलविद्युत ३१.७७, उत्पादन तथा प्रशोधन समूह ८४.३२, माइक्रोफाइनान्स समूहको उपसूूचक २०.४८ अंकले घटेको छ । बिहीबार जीवन बीमा समूहको उपसूचक ३७०.०४ र निर्जीबन बीमा समूहको उपसूचक १२७.९५ अंकले बढेको छ ।


क्लिकमान्डु