कलेज-कलेजमा सेयर शिक्षा दिँदै प्रभु क्यापिटल



काठमाडौं । प्रभु क्यापिटलले ग्लोबल मनि विक-२०२२ अन्तर्गत सेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

क्यापिटलले ग्लोबल मनि विक २०२२ अन्तर्गत विभिन्न स्थानमा सेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

मंगलबार हेराल्ड कलेजमा स्नातक तह अन्तरगतका विद्यार्थीहरुलाई इन्भेष्टमेन्ट बैंकिंग र लगानी व्यवस्थापन सम्बन्धी विषयमा तालिम कार्यक्रम सञ्चालन गरेको थियो । तालिममा करिब ६० जना विद्यार्थीहरु सहभागी रहेका थिए ।

यस्तै क्यापिटलले ललितपुर जिल्लामा रहेको बागमति गाउँपालिका-५ इकुडोल स्थित जनजागृति उच्च मा.वि.का कक्षा १२ मा पढने विद्यार्थी, शिक्षक, व्यवस्थापन समितिका कर्मचारी तथा स्थानीयहरुलाई बुधबार आधारभूत शेयर तालिम सम्पन्न गरेको छ । कार्यक्रममा ७० जना विद्यार्थी, शिक्षक तथा स्थानीयहरुको सहभागीता रहेको थियो ।


क्लिकमान्डु