माटो जोगाउनका लागि सद्‌गुरुले शुरु गरे लण्डनबाट २७ देशमा ३० हजार किलोमिटरको मोटरसाइकल यात्रा



काठमाडौं । ट्रफालगर स्कवायर, लण्डनस् योगी एवं दूरदर्शी, सद्‌गुरुद्वारा माटो जोगाउनको लागि थालनी गरिएको १०० दिवसीय यात्रा आज लण्डनको प्रतिष्ठित ट्रफालगर स्क्वायरबाट प्रारम्भ भएको छ । तत्काल माटोको विनाश रोक्ने र अहिलेको स्थितिलाई उल्टाउने उद्देश्यसहित सद्‌गुरुले माटो जोगाउनको लागि जागरूक धरती अभियान शुरु गरेका छन् ।

३०,००० किलोमिटरको एकल मोटरसाइकल यात्रा गर्ने क्रममा, सद्‌गुरुले अर्को केही महिनामा युके, युरोप, मध्य–पूर्वका राष्ट्रहरू र भारत गरी २७ राष्ट्रहरू भ्रमण गर्नुहुने छ । यस अवधिमा उहाँले विश्वका नेताहरू, नेतृत्वकर्ताहरू, मिडिया साथै विश्वभरिका प्रमुख विज्ञहरूसँग अन्तर्क्रिया गरी माटो जोगाउनको लागि तत्काल ठोस कार्य गर्नुपर्ने आवश्यकतामा जोड दिनेछन् ।

मरुभूमिकरण सामना गर्न गठित संयुक्त राष्ट्रसङ्घको सम्मलेनका अनुसार सन् २०५० सम्म पृथ्वीको ९०५ माटो गुणस्तरहीन भई विश्वभरि ख्राद्य सङ्कट, पानीको अभाव, खडेरी र भोकमरी, विषम जलवायु परिवर्तन, विशाल स्तरमा स्थानान्तरण र अकल्पनीय दरमा प्रजातिहरू सखाप हुने जस्ता विपत्तिहरू निम्तिने छन् । यतिखेर मानवजातिको लागि ‘माटोको विनाश’ सबैभन्दा गम्भीर खतरा हो, किनकि द्रुत गतिमा माटोको गुणस्तर घट्दै गएकोले धरतीले अन्न उब्जाउने क्षमता निकै खस्किएको छ ।

ुमाटो जोगाऔँ’ अभियानले विभिन्न राष्ट्रहरूबाट नागरिक समर्थन जुटाउन र त्यसलाई प्रस्तुत गर्न खोजेको छ । साथै, यो अभियानले माटोलाई पुनस् जीवन्त पार्न र माटोको विनाश रोक्नको लागि नीतिगत कार्यहरू शुरु गर्न विश्वभरिका सरकारहरूलाई सघाउने छ । यसको लागि, उक्त अभियानले ३।५ अर्ब मानिसहरूसम्म पुग्ने उद्देश्य लिएको छ,’ उनले भने, ‘यो विश्वभरिका ६०५ मतदाताहरूको सङ्ख्या हो ।’

गत हप्ता, ६ वटा क्यारिबियन राष्ट्रहरूले माटो जोगाऔँ अभियानको लागि प्रतिबद्धता जनाउँदै, जागरूक धरतीसँग सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरी ऐतिहासिक पाइला चालेका थिए ।

यस अभियानलाई विश्वभरिका प्रतिष्ठित व्यक्तिहरूद्वारा समर्थन गरिएको छ, जस्तै कि चर्चित पर्यावरण संरक्षण विद् डा। जेन गुडल, श्रद्धेय दलाई लामा अनि विश्व आर्थिक मञ्चका कार्यकारी अध्यक्ष क्लाउस श्वाब । त्यसैगरी, मार्क बेनिअफ, दिपक चोपरा, टोनी रबिन्स, म्याठी हेडन, क्रिस गेयल, जुही चावला र सञ्जिव सन्याल लगायत थुप्रै ख्याति प्राप्त सेलिब्रिटी, कलाकार, खेलकुदकर्मी, प्रमुख व्यवसायी एवम् विविध क्षेत्रका विज्ञहरूले समेत यस अभियानलाई समर्थन गरेका छन् ।

जागरूक धरती माटो जोगाऔँ विश्वव्यापी अभियान हो, जसले हाम्रो माटो र धरती जोगाउनको लागि जागरूक दृष्टिकोणसहित काम गर्न प्रोत्साहन गर्दछ । सर्वप्रथम, यो हरेक नागरिकको अभियान हो । यस अभियानले विश्वभरिबाट ३।५ अर्ब मानिसहरू ९विश्वभरिका ६०५ मतदाताहरू० को समर्थन जुटाउने अनि माटोलाई पुनस् जीवन्त पार्न र माटोको विनाश रोक्नको लागि नीतिगत कार्यहरू शुरु गर्न विश्वभरिका सरकारहरूलाई सघाउने उद्देश्य लिएको छ ।

विश्वका नेतृत्वकर्ताहरू, प्रभावशाली व्यक्तिहरू, कलाकारहरू, विज्ञहरू, किसानहरू, आध्यात्मिक गुरुहरू, गैरसरकारी संस्थाहरू अनि नागरिकहरूले अभियानको समर्थनमा आवाज उठाइरहेका छन्, ताकि मानवजाति र माटोबीच रहेको सम्बन्धलाई पुनस् स्थापित गर्न सकियोस् ।


क्लिकमान्डु