साल्ट ट्रेडिङ कर्पोरेशनले चैत ३० मा साधारणसभा गर्ने, बुक क्लोज कहिले ?



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले चैत ३० गते बार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले चैत ३० गतेको लागि सभा बोलाएको हो । सभाको लागि भन्दै कम्पनीले चैत १५ देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

चैत १४ गतेसम्म कायम रहेका लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । कम्पनीले लगानीकर्तालाई हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव आगामी सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु