अशोक लेल्याण्डको मेगा सर्भिस क्याम्प शुरु, विभिन्न छुट पाइने



काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रबर्द्धित अशोक लेल्याण्डले मेगा सर्भिस क्याम्प सञ्चालन शुरु भएको छ । मुलुकभर रहेका १५ सर्भिस सेन्टरमा लागू हुने गरी क्याम्प शुरु गरेको हो ।

आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गुगल यातायातका सञ्चालक रजन रोक्का, प्राइम यातायातका श्री श्रेष्ठको उपस्थितीमा काठमाडौंमा क्यापको उद्घाटन गरिएको छ ।

योजना अन्तर्गत ग्राहकले मोटर पार्टसमा ५० प्रतिशतसम्म, लुब्रिकेन्टमा १२ प्रतिशतसम्म र लेबर चार्जमा ३० प्रतिशतसम्म छुटका साथसाथै ४५ प्वाइन्ट निःशुल्क चेकअप उपलब्ध हुनेछ ।

सर्भिस क्याम्पका अवधिमा ग्राहकले विभिन्न आकर्षक उपहारका साथैै निःशुल्क वासिङ, टिसर्ट, एक लिटरसम्म इञ्जिन आयल र कुलेन्ट टप–अप पनि लिन सक्नेछन् ।

सर्भिस क्याम्पको अफरहरु आशेक लेल्याण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेहिकलका कुनै पनि मोडलका गाडीमा लागू हुनेछ ।

ग्राहकले अशोक लेल्याण्डका मुलुकभर रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर यो अफर प्राप्त गर्न सक्नेछन् । ग्राहकले उक्त अवधिमा छुट कुपन समेत प्राप्त गर्न सक्नेछन् ।

‘सुरक्षित गाडीका लागि जेन्युअन पार्टस् प्रयोग गरौंࡆ’ भन्ने नाराका साथ शुरु भएको योजना चैत ६ गतेदेखि ११ गतेसम्म मात्र लागू हुने कम्पनीको भनाइ छ ।


क्लिकमान्डु