कहिले हुँदैछ प्रभु इन्स्योरेन्सले साधारणसभा र बुक क्लोज ?



काठमाडौं । प्रभु इन्स्योरेन्सले साधारणसभाको लागि बुक क्लोजको मिति तय गरेको छ ।

कम्पनीले चैत ३० गते साधारणसभा बोलाएको छ । सभाको लागि चैत १७ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । चैत १६ गतेसम्म कायम रहेका लगानीकर्ताले मात्रै कम्पनीको साधारणसभामा भाग लिने पाउने छन भने कम्पनीले घोषणा गरेको लाभांश पाउनेछन् ।

कम्पनीले लगानीकर्तालाई ११.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ११ प्रतिशत र कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको सभाले पारित गरेपछि लगानीकर्ताले घोषणा गरेको लाभांश पाउनेछन् ।


क्लिकमान्डु