क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ, अनलाइन जुवा खेलाउने वेवसाइट एप बन्द गर्न प्राधिकरणको निर्देशन



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ, अनलाइन जुवालगायतका गैरकानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेवसाइट एप डिसेबल गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशक दिएको छ ।

प्राधिकरणले अनलाइन सञ्जाललगायतका भर्चुअल माध्यमबाट नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेबल तथा कालोसूचीमा राख्ने गरी अर्थमन्त्रालयको मन्त्रिस्तरीय निर्णय भएको भन्दै कालोसूचीमा राख्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

पछिल्लो समय अनलाइनमाध्यमबाट हुने गेमिङ तथा क्रिप्टोकरेन्सीलगायतमा ठूलो रकम बाहिरिएको तथ्य सार्वजनिक भएको छ ।


क्लिकमान्डु