नेपाल लाइफले बोलायो साधारण सभा, १४.७३% लाभांश पारित गर्ने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चैत २१ गते २१औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीकाअनुसार सो सभा होटल भिष्वा, वीरगंज(पर्सा)मा बिहान ९ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ०.७३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्ने छ ।

सभाले हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० अनुपातलाई परिवर्तन गरी ५१.४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै, उक्त सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साथै, उक्त सभाले संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षण्को प्रतिवेदन सहित २०७६/७७ को वासलात, नाफा/नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगाएतका वित्तीय विवरण उपर छलफल गरी पारित लगाएतका सामान्य प्रस्ताव पारित गर्ने छ ।

साधारणसभा प्रयोजनका लागि इन्स्योरेन्सले चैत ७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।

यस अनुसार चैत ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।


क्लिकमान्डु