कसरी बन्ने धनी ? बिल गेट्स र मार्क जुकरबर्गले दिए यस्ता टिप्स



काठमाडौं । विश्वका सबैभन्दा धनी मानिस बिल गेट्स र फेसबुकका फाउण्डर मार्क जुकरबर्गको यो सिम्पल टिप्सले तपाइलाई पैसा कमाउनको लागि मद्दत गर्न सक्छ ।

हामी तपाइलाई बिल गेट्स र फेसबुकका फाउण्डरले दिएका यस्ता सुत्रहरुका बताउँदै छौ, जसले जीवनमा अघि बढ्न र बिजनेस गर्नमा सहयोग पुर्याउने छ ।

मानिसको क्षमता जान्नु पर्छः बिजनेस इन्साइडरका अनुसार एउटा फेसबुक लाइव प्रोग्राममा बिल गेट्सले भनेका छन् ‘समजदार हुनका लागि कुनै एउटा तरिका हुदैन ।’ फरक फरक क्षमता भएका मानिसहरुलाई एउटा स्थान ल्याएर कामगर्ने हो भने तपाई सफल बन्न सक्नुहुनेछ ।

जसको आइक्यू लेवल राम्रो हुन्छ, त्यसले जे पनि गर्न सक्छ भन्ने गेट्सलाई लाग्ने गरेको उनले खुलासा गरेका छन् । तर, वास्तबमा यस्तो हुँदो रहेनछ । तपाईको आइक्यू लेबलले तपाईलाई इन्टेलिजेन्ट बनाउँदैन बरु फरक फरक स्किलले तपाईलाई इन्टेलिजेन्ट बनाउने छ ।

गेट्सले भने ‘सधै भन्ने गरिन्छ स्मार्ट र सिम्पल आइडियाले सबै समस्याको समाधान गर्न सकिन्छ, तर उसले त्यो कहिले बुझदैन ।’

आफैमा विस्वास गर्नुः फेसबुकका फाउन्डर मार्क जुकरबर्गका अनुसार आफुमा सधै विश्वास गर्नुपर्छ । जति तपाई सोच्नुहुन्छ, त्योभन्दा धेरै आफै केही गर्न सक्नुहुनेछ ।

यो विश्वास सधै आफुमा राख्नुस् कि तपाई हरेक कुरा सिक्न सक्षम हुनुहुन्छ । भर्खरको उमेर हुँदा सबै यहीकुरा सुन्न बाध्य हुन्छन् ।

उनीहरुसँग कुनै कामको अनुभव छैन । अरु मानिसहरु तपाईभन्दा धेरै अनुभवी हुने गर्छन् । जुकरबर्गले भने ‘मैले जब फेसबुक सुरु गरेको थिए तब म १९ वर्षको थिए ।’


क्लिकमान्डु