नेपाल बैंकले नारी दिवसमा ल्यायो ‘समृद्व नारी रिकरिङ निक्षेप खाता’ योजना



काठमाडौं । नेपाल बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समृद्ध नारी रिकरिङ निक्षेप खाता सञ्चालनमा ल्याएको छ ।

मासिक न्यूनतम २५ हजार रुपैयाँ र सोहि गुणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निःशूल्क लकर सूविधा लगायत सुविधा उपलब्ध गराइने बैंकको भनाइ छ ।

त्यसैगरी बैंकले १० लाख रुपैयाँको दुर्घटना बीमाको समेत सुविधा ल्याएको छ । उक्त बचत खातामा निक्षेपको ब्याजदर समेत उच्च रहेको बैंकको दाबी छ ।


क्लिकमान्डु