नारी दिवसको अवसरमा नबिल बैंकले ल्यायो ‘नबिल एफडी कार्ड’ योजना



काठमाडौं । नबिल बैंकले नारी दिवसको अवसरमा नबिल एफडी कार्ड योजना शुरु गरेको छ । बैंकले क्रेडिट कार्ड अन्तर्गत उक्त योजना शुरु गरेको हो ।

जसअन्तर्गत बैंकका मुद्दती निक्षेप ग्राहकहरुलाई क्रेडिट कार्ड सुविधा प्रदान गरिने बैंकको भनाइ छ । नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नहुने गृहिणी, अवकाश प्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्नका लागि शुरु गरिएको हो ।

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकले मार्च २०२२ मा कार्डका लागि आवेदन दिने ग्राहकहरुका लागि निःशुल्क नबिल एफडी कार्ड प्रदान गर्नेछ ।

प्रयोगकर्ताले यो कार्ड पीओएस वा एटीएममा आफ्नो सहजता अनुसार प्रयोग गर्न सक्नेछन् । यसका साथै समान मासिक किस्तामा साइकल, गहना, मोबाइल फोन र ल्यापटप जस्ता वस्तुहरु खरिद गर्नका लागि समेत कार्डको प्रयोग गर्न सकिनेछ ।

नबिल एफडी कार्ड योजनाले मुद्दती निक्षेप खातावाल÷ग्राहकहरुलाई आफ्ना नजिकका परिवारका सदस्यहरुका लागि समेत एकभन्दा बढी क्रेडिट कार्ड प्राप्त गर्न मिल्ने विकल्प÷सुबिधा प्रदान गरेको छ ।

यस योजना अन्तर्गत २ लाख रुपैयाँ प्रतिकार्ड सीमा तोकिएको र मुद्दती निक्षेपको ८० प्रतिशतसम्म कार्ड सीमा प्राप्त गर्न सकिनेछ ।

यो मुद्दती निक्षेप (फिक्सड डिपोजिट) र क्रेडिट कार्डको अद्भूत विषेशता सहितको सुविधा रहेको र यसमा ग्राहकले ११.०३ प्रतिशतका दरले ब्याज समेत आर्जन गर्न सक्नेछन् ।


क्लिकमान्डु