ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’बाट नेपाल आइडलमा भोटिङ गर्न सकिने



काठमाडौं । ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गरी नेपाल आइडल सिजन–४ का प्रतियोगीहरुलाई भोट गर्र्न सकिने भएको छ ।

मोबाइल एपमार्फत् प्रतियोगीलाई ‘विजयी भव’ भनी जितका लागि आशीर्वाद दिन सक्ने व्यवस्था गरेको बैंकको भनाइ छ ।

बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु