नेष्डो समृद्ध लघुवित्तको आइपीओ मंगलबार बाँडफाँट हुने



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त संस्थाको साधारण सेयर (आइपीओ) भोली (मंगलबार) बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंगलबार दिनको १ बजे बाँडफाँट गर्न लागेको जानकारी गराएको छ ।
आपीओको प्री–अलोटमेन्ट आइतबार नै भइसकेको छ ।

२६ लाख १० हजार १२७ जनाले ३ करोड २ लाख २४ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । कुल ३ अर्ब २ करोड २४ लाख २५ हजार रुपैयाँ बरारको आवेदन परेको छ । आइपीओमा ७७ हजार ४५६ जनाले सेयर पाउने छन भने २५ लाख ३२ हजार ६७० जनाको हात खाली हुनेछ ।

कम्पनीले फागुन ११ देखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले ८ लाख २८ हजार ७५० कित्ता आइपीओ निष्काश गरेको थियो । जसमा ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोष, १२ हजार ७५० कित्ता कर्मचारीलाई छुट्याएर सर्वसाधारणका लागि ७ लाख ७४ हजार ५६३ कित्ता छुट्याएको थियो ।


क्लिकमान्डु