साढे ४ करोड राजस्व छल्ने ४ जना विरुद्व मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले ४ करोड ४६ लाख ३७ हजार १८४ रुपैयाँ राजस्व चुहावट गर्ने ४ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले पर्सा जल्ला पटेर्वा सुगौली गाउँपालिका-२ घर भइ हाल जिल्ला काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन वस्ने सन्तोष चन्द्र वख्रेल, काठमाण्डौ कागेश्वरी मनहरा नगरपिलका-६ मुलपानी वस्ने शैलेस पन्त, पर्सा साविक सुवर्णपुर गाविस-५ हाल ठोरी गाउँपालिका-५ सुवर्णपुर घर भइ हाल जिल्ला काठमाडौं कामनपा-५ हाडिगाँउ वस्ने रविन पाख्रिन र सर्लाही बरथहवा नगरपिलका-९ घर भई हाल काठमाण्डौ कामनपा-७ सरस्वतीनगर वस्ने नारायण प्रसाद घिमिरेलाई उच्च अदालत पाटनमा मुद्दा गरेको छ ।

विभागका अनुसार वख्रेल, पन्त, पाख्रिन र घिमिरेले अन्तस्शुल्क नियमावलि-२०५९ को नियम ३० को (१) वमोजिमको कार्य नगरि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित ऐ. ऐनको दफा ४ को (क), (ख) र (छ) तथा भन्सार ऐन–२०६४ को दफा ५७ को (१) वमोजिमको कसूर गरेको छ । विभागले विगोको शत प्रतिशत जरिवाना तथा हदैसम्मको कैद सजाय हुन माग दावी लिइ अभियोग पत्र दायर गरिएको जनाएको छ ।


क्लिकमान्डु