बैंक अफ काठमाण्डूको शाखा झापाको दमकमा



काठमाडौं । बैंक अफ काठमाण्डूको दमक नगरपालिका–५, दमकमा शाखा कार्यालय खोलिएको छ ।

दमक नगरपालिकाका मेयर रोमनाथ ओली र बैंकका संचालक गोबिन्द प्रसाद शर्माले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा बैंकका संचालक गोविन्द प्रसाद शर्मा रेग्मीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए ।

दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीले स्थानियको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास नगरपालिकाले लिएको बताए ।

बैंकले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकको अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु संचालन गर्ने योजना अगाडि रहेको छ ।


क्लिकमान्डु