महासंघको एशोसियट र वस्तुगतमा मतदाता थपिए



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा एशोसियट र वस्तुगत तर्फ मतदाता थपिएका छन् । शेखर गोल्छा कार्यसमितिको ८ औं कार्यकारिणी बैठकले एकैदिन एशोसियट तर्फ महासंघको ८ औं कार्यकारिणी बैठकले एशोसियट तर्फ ५६२ तथा वस्तुगततर्फ १७ सदस्य थपेको हो ।

महासंघले आगामी चैत २८ र २९ गते साधारणसभा बोलाउने निर्णय गरेको हो । शेखर गोल्छा अध्यक्ष बनेपछिको कार्यसमितिको कार्यकाल आगामी वर्षको चैतमा सकिने छ । विधान संसोधनको च्याप्टर क्लोज भएपछि आगामी वर्ष बरिष्ठ उपाध्यक्षको लागि निर्वाचन हुने छ । अहिले महासंघको बरिष्ठ उपाध्यक्षमा ४ जनाले तयारी गरेका छन् । आगामी वर्ष विधान अनुसार अहिलेका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल अध्यक्ष बन्नेछन् । बरिष्ठ उपाध्यक्षको लागि वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ,एशोसियट उपाध्यक्ष रामचन्द्र संघाई तथा जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठको तयारी छ । यस्तै पूर्व वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ समेत निर्वाचन लड्ने तयारीमा छन् ।
एशोसियटमा भने भरत आचार्य र साहिल अग्रवालको चर्चा छ । अहिले एशोसियटमा थपिएका सदस्यहरु आचार्य,अग्रवालका बढी छन् । यस्तै अहिलेका उपाध्यक्ष अन्जन श्रेष्ठ,रामचन्द्र संघाई र दिनेश श्रेष्ठको कम्पनी समेत एशोसियटमा थपिएका छन् ।

महासंघको निर्वाचनमा जिल्ला नगरको मतभार ५० प्रतिशत हुन्छ । यस्तै एशोसियटको ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत हुन्छ । अघिल्लो वर्ष चन्द्र ढकाल बरिष्ठ उपाध्यक्ष निर्वाचित हुँदा १०२ वस्तुगत तथा ९२० एशोसियट सदस्य थिए ।

आइतबारको कार्यकारिणी बैठकमा थपिएका सदस्यले आगामी वर्ष हुने निर्वाचनमा मत दिन पाउँछन् । एशोसियट सदस्य थपिएसँगै महासंघको कोष समेत बलियो हुने भएको छ । महासंघले एशोसियटबाट मात्र वर्षमा ४ करोड आम्दानी गर्ने देखिएको छ ।

महासंघका केही सदस्यले भने चुनावी प्रयोजनका लागि मात्र सदस्य थपिएको कारण चुनावमा पैसाको थप चलखेल हुने बताएका छन् ।


क्लिकमान्डु