गरिमा विकास बैंकले लकर सुविधामा आकर्षक छुट दिने



काठमाडौं । गरिमा विकास बैंकले अन्तराष्ट्रिय नारी दिवसमा नारीहरुलाई आकर्षक छुट योजना ल्याएको छ ।

बैंकले गरिमा नारी बचत खाता र मेरो सेयर बचत खाता खोल्ने महिला ग्राहकहरुलाई लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ ।

आफ्नो बहुमुल्य गरगहना, सामान तथा कागजपत्रलाई सुरक्षीत राख्न भरपर्दो यस गरिमा विकास बैंकको लकर सुविधा अन्तर्गत लकर डिपोजिटमा २५ प्रतिशत र वार्षिक लकर शुल्कमा ५० प्रतिशत (पहिलो वर्षको लागि मात्र) छुटको व्यवस्था गरेको हो ।

बैंकका ग्राहकमहानुभावहरुले न्यूरोड शाखा (काठमाडौं), कुमारीपाटि शाखा (ललितपुर), सुर्यविनायक शाखा (भक्तपुर), सभागृह शाखा (कास्की), वगर शाखा (कास्की), नारायणगढ शाखा (चितवन), बुद्धचोक शाखा (चितवन) र धरान शाखा (धरान)मा उपलब्ध विभिन्न आकारका लकरमा उक्त छुट लिन सकिने जनाएको छ । बैंकमा नयाँ वा पहिला नै नारी बचत खाता तथा मेरो सेयर बचत खाता खोल्ने नारी ग्राहकले यो छुट पाउनेछन् ।

बैंकले ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरिय सेवा दिदै आइरहेको जनाएको छ ।


क्लिकमान्डु