महालक्ष्मी विकास बैंकका ग्राहकले भिआईपि क्लब एण्ड लाउन्ज बारमा छुट पाउने



काठमाडौं । महालक्ष्मी विकास बैंकले भिआईपि क्लव एण्ड लाउन्ज बारमा सहकार्य गरेको छ ।

सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले प्रदेश१ मा ५, मधेस प्रदेशमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु