ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दती खातामा दियो १२.०३ % ब्याज



काठमाडौं । ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दती खातामा १२.०३ प्रतिशत ब्याजदर दिएको छ ।

बैंकले पूर्व अर्थमन्त्री डा. प्रकाश चन्द्र लोहनीलाई उक्त ब्याज दिएको हो । लोहनीले बैंकको मुद्दती खातामा ४ करोड रुपैयाँ राखेका छन् । डा. लोहनीले सुन्धारा शाखामा खाता खोलेका छन् । उनले उक्त रकम २ वर्षका लागि राखेका छन् ।

बैंकले फागुन महिनाको लागि प्रकाशित गरेको ब्याजदरमा ३ महिना भन्दा बढी अवधिका लागि ११.०३ प्रतिशत ब्याज दिने उल्लेख छ । बैंकहरुले रेमिट्यान्स खातामा भने व्यक्तिगत मुद्दती खातामा दिएको ब्याजदरमा १ प्रतिशत थप्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।


क्लिकमान्डु