मुद्दती निक्षेपमा लगानी गरेको रकम कर्जा प्रवाहमा प्रयोग, लघुवित्तको लगानी घट्यो



काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको लगानीमा ह्रास आएको छ ।

नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदनले लगानीमा ह्रास आएको देखाएको छ ।

२०७८ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल लगानी ९ अर्ब ९१ करोड पुगेको छ । जुन २०७८ असार मसान्तको तुलनामा ३२.६१ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल लगानी ७०.४० प्रतिशतले बढेको थियो ।

मुद्दती निक्षेपमा लगानी रहेको रकम कर्जा प्रवाहका लागि प्रयोग भएका कारण समग्र लगानीमा ह्रास आएको देखिन्छ । लघुवित्त वित्तीय संस्थाहरूले मुद्दती निक्षेपमा २०७८ पुससम्म ८ अर्व २७ करोड रुपैयाँ राखेका छन् । जुन रकम २०७८ असार मसान्तको तुलनामा ३८.०१ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्दती निक्षेपमा राखेको रकम ६२.२१ प्रतिशतले बढेको थियो ।

लघुवित्त वित्तीय संस्थाहरूले समीक्षा अवधिमा मुद्दती निक्षेपमा गरेको लगानी र शेयर तथा डिबेन्चरमा गरेको लगानी घटेको देखिन्छ । सरकारी सुरक्षणपत्र र अन्य क्षेत्रमा गरेको लगानी भनेको बनेको छ ।


क्लिकमान्डु