सुन आयातमा कडाई, अब दैनिक १० किलो मात्रै आयात हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाई गरेको छ । राष्ट्र बैंकले आज एक परिपत्र जारी गर्दै सुनमा कडाई गरेको जनाएको हो ।
राष्ट्र बैंकले अबदेखि सुनको दैनिक परिमाण १० केजी मात्रै वितरण गर्ने उल्लेख गरेको छ । यसअघि व्यवसायीहरूलाई दैनिक २० केजी सुन वितरण गर्दै आएको थियो ।

राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ को सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ को दफा ४ (क) लाई देहायबमोजिम संशोधन गरेको उल्लेख छ ।


क्लिकमान्डु