हिमालयन बैंकको मर्जर कमिटिबाट सुनिल थापा र आशीष शर्माले दिए राजीनामा



हिमालयन बैंकको मर्जर कमिटिबाट सुनिल थापा र आशीष शर्माले राजीनामा दिएका छन् ।

थापा र शर्मा हिमालयन बैंकका सञ्चालक हुन् । हिमालयन बैंकको तर्फबाट थापा र शर्मा सयुक्त मर्जर कमिटिको सदस्य थिए ।

हिमालयन बैंकको साधारणसभाले मर्जरको प्रस्ताव अस्वीकृत गरेको थियो ।

साधारणसभाले मर्जरको प्रस्ताव अस्वीकृत गरेपछि सयुक्त मर्जर कमिटिले डिमर्जरको गर्ने निर्णय राष्ट्र बैंकमा बुझाउनुपर्ने थियो । आफूहरु मर्जरको पक्षमा रहेको र साधारणसभाले मर्जरको प्रस्ताव पास नगरेपछि कमिटिबाट राजीनमा गरेको हिमालयन बैंकका सञ्चालक सुनिल थापाले बताए ।

मर्जर कमिटिमा रहेर मर्जरमा जाने सम्झौता गरेको तथा साधारणसभाले मर्जरमा जाने प्रस्ताव बिफल गरेको हुँदा मर्जर कमिटिमा बस्ने नैतिकताले नदिएको आशीष शर्माले जानकारी दिए ।

‘मर्जरमा जाने सम्झौतामा हस्ताक्षर गरेको व्यक्तिले डिमर्जको जाने हस्ताक्षर गर्न नैतिकताले दिएन, त्यही भएर मर्जर कमिटिबाट राजीनामा दिएको हो,’शर्माले क्लिकमाण्डूसँग भने ।

थापाले नैतिकताको कारण राजीनामा दिएको बताए ।

हिमालयन बैंकको साधारणसभाले मर्जरको प्रस्ताव अस्वीकृत गरेपछि दुवै बैंकको संयुक्त मर्जर कमिटिले डिमर्जको निवेदन राष्ट्र बैंकमा दिनुपर्ने हुन्छ । अहिले दुवै बैंकबाट डिमर्जरको प्रस्ताव राष्ट्र बैंकमा गएको छैन ।


क्लिकमान्डु