राष्ट्र बैंकको चौथो रणनीतिक योजना सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले चौथो रणनीतिक योजना (२०२२/२६) सार्वजनिक गरेको छ ।
उक्त योजनामा मुद्रास्फीतिलाई दीर्घकालीन रुपमा कम गर्दै जाने, दीर्घकालीन रुपमा ब्याजदर कम गर्ने, विनिमय दर कम स्थिर राख्ने, लगानी प्रोत्साहन गर्ने, दिगो आर्थिक लक्ष्य हासिल गर्ने उल्लेख छ ।
यस्तै राष्ट्र बैंकले आर्थिक विकासमा योगदान पुर्याउने खालका गतिविधिलाई प्राथमिकतामा राख्ने भएको छ । यस्तै समष्टि अर्थिक स्थिरता सुतिश्चितता प्रदान गर्ने, मुद्रा आपूर्ती लगायतका काम गर्ने प्रतिवेदनमा उल्लेख छ ।
यो अवधिमा समावेशी वित्तीय प्रणाली अनुकुल विकास गर्ने छ । वित्तीय स्थायित्वका लागि आवश्यक नीति, निर्देशन बनाउने तथा भएकालाई परिमार्जन गर्ने र कार्यान्वयनमा ल्याउने, वित्तीय समावेशीकरण, वित्तीय साक्षरतामा जोड दिने भएको छ ।
यो अवधिमा डिजिटलाइजेशनलाई पनि प्रबर्धन गर्ने रणनीति लिएको छ । डिजिटलाइजेशनका साथै डिजिटल वित्तीय इकोसिस्टममा प्रयोगकताएहरु, सेवा प्रदायकहरु, पूर्वाधार, आवश्यक नीति तथा कानून रणनीतिक योजनामा छ ।