वैदेशिक रोजगारबाट फर्किएर राईले शुरु गरिन नखिपोटमा साथीमार्टको फ्रेन्चाइज



काठमाडौ । शिव चोक, नखीपोट हाइटमा साथीमार्टको नयाँ शाखा शुरु भएको छ ।

वैदेशिक रोजगारबाट फर्किएकी जीवनकला राईले मार्टको फ्रेन्चाइज लिएर शुरु गरेकी हुन् ।

बिदेशबाट फर्किएपछि आफ्नै ब्यवसाय शुरु गर्ने उद्देश्यले साथीमार्टको फ्रेन्चाइज लिएको राइले बताइन् ।

पहिले नखीपोट, सिभिल बैंक भवनमा रहेको साथीमार्टको आउटलेट स्थान परिवर्तन गरी शान्ति चोक, नखीपोट उचाइमा मार्ट शुरु भएको साथीमार्ट प्रशासनले जानकारी दिएको छ ।

करिब ७ सय बर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्टलगायतका सामान उपलब्ध छ ।

मार्टको उद्घाटन साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सीइओ सागर पोख्रेलले गरेका छन् ।

फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पूर्णस्वामित्वमा नेपालका विभिन्न सहरमा यसै वर्ष आउटलेट सन्चालनमा ल्याउने तयारी छ ।


क्लिकमान्डु