सेयर बजारमा अर्धन्यायिक निकायको आवश्यकता छः नेप्से सीइओ कार्की



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीइओ कृष्ण कार्कीले सेयर बजारका लागि अर्धन्यायिक निकाय आवश्यक रहेको बताएका छन् ।

बुधबार अर्थमन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्कीले स-साना विषयमा पनि अदालतको भर पर्नु परेको भन्दै उनले सेयर बजारमा अर्धन्यायिक निकाय आवश्यक रहेको बताए ।

नेप्सेको सिस्टम अपग्रेड गर्न आग्रह गर्नुपर्ने भन्दै उनले कारोबार धेरै भयो भएको अवस्थामा सिस्टमले थेग्न गाह्रो अवस्था अवस्था रहेको बताए ।

सीइओ कार्कीले नयाँ ब्रोकर स्थानीय तहमा लैजान आवश्यक छ । उनले मार्जिन लेन्डिङ आवश्यक रहेको भन्दै यसमा ध्यान दिन आग्रह गरे ।

उनले एनआरएन फन्डलाई बजारमा भित्र्याउन नीतिगत सुधारको आवश्यक रहेको बताए ।

उनले वित्तीय साक्षरताका लागि सामाजिक सञ्जाल धेरैभन्दा धेरै प्रयोग आवश्यक रहेको तर्क गरे ।


क्लिकमान्डु