जिपको फुल्ली इलेक्ट्रिक भेहिकल सार्वजनिक



काठमाडौं । विश्वकै चौथो ठूलो अटोमोबाइकल ग्रुप स्टेलेन्टिसले आफ्नो जिप ब्रान्डलाई ‘इलेक्ट्रिफाइ’ गर्ने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । मंगलबार स्टेलेन्टिसले जिपको पहिलो ‘ब्याट्रि–इलेक्ट्रिक क्रसओभर’को कन्सेप्ट सार्वजनिक गरेको हो ।

अहिले कुनै नाम नदिइएको यो ‘इलेक्ट्रिक भेहिकल’ शुरुमा युरोपमा सार्वजनिक गरिनेछ र त्यसपछि नेपाल र भारतसहित एसिया प्यासिफिक क्षेत्रमा पनि ल्याइनेछ । यो इभी जिपको लेजेन्डरी क्यापाबिलिटी भएको सेग्मेन्टकै एक मात्र इभी हुनेछ ।

मंगलबार सार्वजनिक गरिएको पहेँलो रंगको जिप इभीको आकार जिप रेनेगेड र कम्पासको बीचमा रहने देखिन्छ । फ्रन्ट सटमा जिपको सिग्नेचर सेभेन स्लट ग्रिल रहेको छ र एउटा ग्रिलमा अंग्रेजी अक्षरको ‘ई’ लेखिएको छ जसको अर्थ इलेक्ट्रिक भन्ने बुझिन्छ । पछाडिको भाग भने टेलपाइप विनाको चेरोकी वा रेनेगेड जस्तो देखिन्छ ।

जिपको इभिलाई सिईओ कार्लोस टेभेरेसले स्टेलेन्टिसको २०२१ रिभ्युमा पहिलो पटक ‘अनभिल’ गरेका हुन् । उनले सन् २०२६ सम्ममा आफ्नो युरोपेली विक्रीको सत् प्रतिशत इभी हुने लक्ष्य लिएको बताए ।

त्यसैले जिपका सीइओ क्रिस्टिन म्युनिरले सन् २०२५सम्म जिपले हरेक सेग्मेन्टमा इभी ल्याइसक्ने जानकारी दिए । यसले ग्राहकलाई जिरो इमिसन फ्रिडम दिलाउने जिप ब्रान्डको लक्ष्यलाई हासिल गर्न मद्दत पुग्ने पनि बताए ।

जिपले सन् २०३० को अन्तसम्ममा आफ्नो लाइनअपमा ७५ ओटा बीईभी लन्च गरिसक्ने र विश्वभर वार्षिक ५० लाख इभि विक्री गर्ने लक्ष्य पनि सार्वजनिक गरेको छ ।

यसअघि स्टेलेन्टिससले आफ्नो युएस लाइनअपमा र्यांग्लर र ग्रान्ड चेरोकीको फोर बाई ई प्लग इन हाइब्रिड भेरियन्ट थपिसकेको छ ।


क्लिकमान्डु