एनसेलको नयाँ अल टाइम डेटा प्याक, बढ्यो ननस्टप युट्युब डेटा प्याकको भोल्युम



काठमाडौं । एनसेलले सुलभ दरमा नयाँ अल टाइम डेटा प्याक ल्याएको छ ।
ननस्टप यूट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोल्युम सोही शुल्कमा दोब्बर सेवा पाइनेछ ।

नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समय रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले करसहित १२५ रुपैयाँमा लिन सक्नेछन् । त्यस्तै ननस्टप युट्युब प्याक अन्तर्गत ग्राहकले करसहित १४७ रुपैयाँमा ७ दिनका लागि प्याक लिन सक्नेछन् । जसमा ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङका लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा ननस्टप पहुँच पाइनेछ । यसअघि सोही यूट्युब प्याकमा सोही मूल्यमा २ जीबी अल टाइम डेटा उपलब्ध थियो ।

यी प्याकहरु मंगलबारदेखि लागू भइसकेका छन् । ग्राहकले एष्ट्रिक्स १७१२३ ह्यास डायल सेवा लिन सक्नेछन् । ननस्टप यूट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि एष्ट्रिक्स १७१२३ ह्यास डायल गरी लिन सकिनेछ ।


क्लिकमान्डु