पश्चिमा देशले आर्थिक प्रतिबन्ध लगाएपछि रुसको सेयर बजार बन्द



एजेन्सी । पश्चिमा देशहरुले रुसमाथि सैन्य आक्रमण गरेको विरोधमा आर्थिक प्रतिबन्ध लगाएपछि रुसको सेयर बजारमा असर देखिएको छ । जसका कारण रुसमा सेयर बजार बन्द भएको छ ।

आर्थिक प्रतिबन्धका कारण आर्थिक संकट बढ्दै जाँदा रुसको केन्द्रीय बैंकले ब्याजदर ९.५ प्रतिशतबाट बढेर २० प्रतिशत बनाइएको छ ।

रुसले युक्रेनमाथि सैन्य आक्रामण तीव्र बनाएसँगै पश्चिमा देशहरुले रुससँगको आर्थिक सम्बन्धमा तत्कालका लागि तोडेका छन् ।
संयुक्त राज्य अमेरिकाका साथै अन्य देशहरूले देशको विदेशी मुद्रा भण्डारमा प्रतिबन्ध लगाएपछि र केही बैंकहरूलाई विश्वव्यापी भुक्तानी प्रणालीबाट बाहिर निकाल्ने वाचा गरेपछि सेयर बजारमा असर देखिएको हो ।

रूसी लगानीकर्ताहरूले आर्थिक प्रतिबन्ध लगाएसँगै सेयर बिक्री गर्न थालेका थिए । जसले गर्दा रूसको इक्विटी र डेरिभेटिभ बजारहरू सोमबार बन्द भएका थिए । रुसको केन्द्रीय बैंकले ब्रोकरहरुलाई विदेशी सेयरधनीहरुबाट बिक्री आदेशहरू कार्यान्वयन नगर्न आदेश दिएको छ ।

विदेशी लगानीकर्ताहरुले आफ्नो पैसा निकाल्न थालेका छन् भने रूसी अधिकारीहरू विदेशी मुद्रा भण्डार जोगाउन कोसिस गरिरहेका छन् ।

अहिलेको अवस्थामा विश्वव्यापी वित्तीय बजारले मस्कोमा केही उथलपुथलको सामना गर्न सक्ने र त्यसको लागि तयार रहन सचेत पनि गरिएको छ ।

गत जनवरीको अन्त्यमा दीर्घकालीन युरोपेली कोषमा लगानी गरिएका १२ ट्रिलियन युरोमध्ये रुसी इक्विटीको ०.३ प्रतिशतभन्दा कम हिस्सा थियो । यद्यपि, १.४ ट्रिलियन डलरको अर्थतन्त्रमा पुँजी र ऋण प्रवाहमा बाधा पुर्याउने परिणामहरू स्पष्ट हुन अझै समय लाग्नेछ । फराकिलो भूराजनीतिक अनिश्चिततालाई ध्यानमा राख्दै, रूसले अबको दिनमा स्टक बजार बन्द गर्न नहुने सुझावहरु पनि रहेको छ ।

रूसको केन्द्रीय बैंकले फेब्रुअरी २८ मा आफ्नो मुख्य नीति दर दोब्बरभन्दाबढी बढायो र केही पुँजी नियन्त्रण गरेको थियो ।


क्लिकमान्डु