महालक्ष्मी विकास बैंकद्वारा नेपाल मानव धर्म सेवा समितीलाई १५५ थान कुर्सी सहयोग



काठमाडौं । महालक्ष्मी बिकास बैकले फागुन १६ गते गौसालास्थित नेपाल मानव धर्म सेशा समिति १५५ वटा कुर्सी हस्तान्तरण गरेको छ ।

पुतलीसडक तथा चाबहिल शाखाको संयुक्त आयोजनामा उक्त सहयोग प्रदान गरिएको हो ।

महाशिवरात्रिको पूर्वसन्ध्यामा समितीलाई कुर्सी हस्तान्तरण गरिएको छ । उक्त सहयोग ग्रहण गर्दे नेपाल मानब धर्म सेबा समितीका केन्द्रीय प्रमुख माहात्मा चमेली बाइजीले बैकले गरेको सहयोगप्रती कृतज्ञता व्यक्त गरिन् ।

महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालु तथा भक्तजनहरुलाई विश्राम गर्न सजिलो होस् भन्ने उद्देश्यले उक्त सहयोग गरेको पुतलीसडक शाखाका शाखा प्रवन्धक निरञ्जन कुँइकेलले बताए ।


क्लिकमान्डु