माछापुछ्रे बैंकले जित्यो क्रिकेट उपाधि



काठमाडौं । माछापुछ्रे बैंकले एन इभेन्टले आयोजना गरेको कर्पोरेट बीच क्रिकेट २०७८ को उपाधि जितेको छ ।

त्रिशुलीको रिभरसाइड स्प्रीङ रिसोर्टमा सम्पन्न उक्त प्रतियोतिामा ८ कर्पोरेट टिमको सहभागिता थियो ।

कर्पोरेटबीच क्रिकेटको फाईनल खेलमा माछापुछ्रे बैंकले सनराइज बैंकलाई ९४ रनले हराएको हो । फाइनल खेलमा १२० रनको लक्ष्य दिएको माछापुच्छ्रे बैंकले सनराइज बैंकलाई जम्मा २६ रनमा अलआउट गर्दे प्रतियोगिताको उपाधि जितेको हो ।

माछापुछ्रे बैंकले नियमित कामको अतिरिक्त कर्मचारीहरुको इच्छा अनुसार अन्य कृयाकलापहरुमा संलग्न गराई उनीहरुको वृत्तिविकासमा ध्यान दिदै आएको छ ।


क्लिकमान्डु